काठमाण्डौं,भदौ ८ ः नेपाल माउन्टेन एकेडेमीका बिद्यार्थीहरुको द एकेडेमी स्पोर्ट्स कमिटीले द वाल क्लाइम्बिङ इभेन्टको पहिलो प्रतियोगिताको आयोजना गरेको हो । उक्त खेलमा महिला पुरुष गरी करिब २०० जना सहभागी रहेको जनाएका थिए । यो खेल काठमाण्डौको पासाङ ल्हामु शेर्पा स्पोर्टस क्लाइम्बिङ सेन्टर धुम्बाराहीमा भएको थियो ।
यस क्षेत्रमा अन्ध्ययन गर्न आउन चाहने नयाँ विद्यार्थी र यसैलाई ब्यावसायिक रुपमा अगाल्न चाहनेहरुकालाई उत्कृष्ट अध्ययनशाला रहेको संस्थाका लेखाप्रमुख आलोक खतिवडाले भन्नु भयो । आजको खेल पनि यही सन्दर्वलाई जोडी प्रतियोगिताको आयोजना गरेको बताउनु भयो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ