काठमाण्डौ भदौ १३ ः काठमाण्डौको गार्डेन होममा महिला पर्यटन ब्यबसायि सन्जालले तिजको दरखाने कार्यक्रम तथा शुभकामना आदान प्रदान गर्नु भयो । उक्त कार्यक्रममा पर्यटनसंग जोडिएका महिलाहरुको उपस्थिति भई छमछम तिज गितमा नाच्नु भएको थियो । यस सस्थामा ३५ जनाको उपस्थितिमा खोलिएको सस्था हो । अब महिलाले पनि यस पर्यटन क्षेत्रमा लागेर केही गर्न सक्छ भनि महिला पर्यटन ब्यबसायी सञ्जाल खोलेको र पर्यटन क्षेत्रमा पनि विस्तार गर्नमा जोड होस भन्ने उदेश्यले खोलिएको बारे सस्थाको अध्यक्ष निर्मला धमलाले बताउनु भयो साथै आउदो टानको निर्वाचनमा उमेदबार बन्नु भएका सागर पाण्डे र राजेन्द्र सापकोटाको समुहलाई स्वागत गरी सहयोग गर्ने कुरा बताउनु भयो /
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ