२२ बुँदे घोषणापत्रसहित टान नेतृत्वका लागि सागर पाण्डे समूह चुनावी मैदानमा


काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल टानको नयाँ कार्य समितिका लागि सागर पाण्डे नेतृत्वको प्यानल चुनावी मैदानमा उत्रिएको छ । यही भदौ १७ गते चुनावका लागि आज मनोनयन दर्ता गरि पाण्डे समूहले पत्रकार सम्मेलन गर्दै आफ्ना एजेण्डाहरु सार्वजनिक गरेको हो ।
आगामी दुई वर्षे कार्यकालका लागि हुने नयाँ कार्यसमितिको अध्यक्षमा सागर पाण्डे सहित १७ जना उम्मेदवारहरुको प्यानल बनेको छ । पाण्डेसंग प्रतिस्पर्धा गर्न राजेन्द्र सापकोटा नेतृत्वको अर्काे प्यानल पनि चुनावी मैदानमा रहेको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्षका उम्मेदवार पाण्डेले आफ्नो समूह जुझारु र व्यवसायीक रहेको बताएका छन् । आफूहरुले सार्वजनिक गरेको २२ बुँदे घोषणापत्र कसैले लेखि पठाएको वा घोकेर नआएको भन्दै ट्रेकिङ व्यवसायलाई कसरी थप सुदृढ गर्न सकिन्छ भन्ने अनुभवका आधारमा घोषणापत्र तयार पारेको बताए ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ