सगरमाथा जोगाउने वीर शेर्पाहरू हुन: मन्त्री पाण्डे

काठमाडौं( संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमाल जोगाउने बीरहरू भनेका शेर्पा समुदाय भएको उद्घोष गर्नु भएको छ।

शुक्रबार नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताउनु भयो। हाम्रो साहसिक शेर्पाहरूले नै हिमाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु भएको छ।

मन्त्री पाण्डेले माउन्टेन एकेडेमीलाई अन्तर्राष्ट्रिय शैक्षिक हबका रूपमा अघि बढाउनु पर्ने समेत बताउनु भयो। उहाँले भन्नू भयो,अब यसलाई अन्तर्राष्ट्रिय विश्वविद्यालय बनाउनु पर्छ। सोलुखुम्बु र त्यस क्षेत्र वरपरका मात्रै होईन, संसारभरका विद्यार्थीहरू पढ्ने गरि दायरा विस्तार हुनेमा आगामी दिनमा विश्वास व्यक्त गरेको छु। मन्त्री पाण्डेले नाथम र माउन्टेन एकेडेमीलाई मर्ज नगरिने समेत विश्वास व्यक्त गर्नु भयो।

कार्यक्रममा पूर्वमन्त्री देखि समाजसृेवी सम्मका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा माउन्टेन एकेडेमीका विद्यार्थीहरूले अनुसन्धान गरेको जर्नल र भ्वाइस अफ हिमाल नामक कितावको विमोचन समेत गरिएको थियो ।