काठमाडौं – गाउँपालिकाको पर्यटन विकास, प्रचारप्रसार, सम्बद्र्धन र प्रबद्र्धनका साथै पर्यटन क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाले सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने विभिन्न ४६ जना आरोहीहरुलाई पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेको सम्मान गरेका हुन् ।
प्रमुख आतिथ्यता पर्यटनमन्त्री पाण्डले ‘स्वालम्बी कीर्तिमानी र कर्मशिलहरुलाई खिजीदेम्बाको साथ सहासिक पदयात्रामार्फत पर्यटन प्रबद्र्धनमा मिलाऔँ हातमा हात’ नाराको उच्चारण गर्दै गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको सभाध्यक्षतामा काठमाडौंको ज्योति पाटी प्यालेसमा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बाका आरोहीहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा ओखलढुंगा जिल्लाबाट प्रथम पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ खुन्दुर्के निवासी दोजी शेर्पा, २२ पटक सगरमाथा आरोहण गर्ने खिजीदेम्बा ९ मैदानेका आरोही जाङबु शेर्पा, सबै भन्दा कान्छा उमेरमा सगरमाथा आरोहण गर्ने आरोही जम्बले शेर्पा, अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शकद्धय खिजीदेम्बा ५ मेले लाक्पा शेर्पा र खिजीदेम्बा २ नस्पु निवासी गेल्जे शेर्पा ओखलढुंगा जिल्लाकै पहिलो महिला कीर्तिमानी आरोही खिजीदेम्बा ९ रिपाल निवासी माया शेर्पा, तामाङ समुदायबाट खिजीदेम्बाका प्रथम आरोही खिजीदेम्बा ९ का भीग्खकंका शुभराज तामाङ लगायतलाई गाउँपालिकाको तर्फबाट सम्मान गरेको हो ।