शुक्रबार देशभर हरितालिका (तीज) पर्व धुमधामकासाथ मनाए / Teej @ Haritalikateej

September 6, 2024 Global Photo Bank 15 photos

२१ भाद्र, काठमाडौँ । शुक्रबार देशभर हरितालिका ९तीज० पर्व धुमधामकासाथ मनाइँदैछ। तीज पर्वका अवसरमा बिहानैदेखि देशभरका शिवालयहरुमा पूजा तथा दर्शन गर्ने भक्तजनहरुको घुँइचो लागेको थियो।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा पूजा गर्ने भक्तजनहरुको भिड लागेको थयो भने कतै नाच्नेलाई पनि भिड लागेको थियो ।

दर्शनार्थीहरुको सहजताका लागि मन्दिरका चारवटै ढोका खुला गरिएका छन्। मन्दिर प्रवेश गर्न चारवटा लाइन व्यवस्था गरिएको छ।

रातो, पँहेलो र हरियो पहिरनमा सजिएका महिलाहरु पशुपति भित्रको यस पटक उउटै ठाउँ नाच्ने ब्यबस्था गरेकोले एकै ठाउँमा नाचगान गरि तीज पर्व मनाए । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीजको दिन व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गर्दछन्। जसले गर्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास छ।
यस समयमा लिएको केही तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment