पर्यटन बोर्डका नवनियुक्त सिइओ जोशीद्धारा पदभार ग्रहणसहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता

भाद्र २३ काठमाण्डौं ः नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख ९सिइओ० दीपकराज जोशीले आइतवार नेपाल पर्यटन बोर्डमा कार्यकारी प्रमुखको पद बहाली गर्नु भएको छ । पदबहालीपछि बोर्डले आयोजना गरेको स्वागत कार्यक्रमा बोल्दै सिइओ जोशीले आपसी सहकार्यबाटै पर्यटनलाई थप चलायमान बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
उहाँले बोर्ड सार्वजनिक निजी साझेदारी (पीपीपी० मोडलको संस्था भएकाले त्यसको उद्देश्य अनुरुप काम गर्नु पर्नेमा जोड दिनुभयो ।“पर्यटन राज्यको प्राथमिकताको विषय क्षेत्र हो । अर्कोतर्फ पर्यटन बोर्ड ९पीपीपी० को मोडल हो । निजी क्षेत्रले समेत हामीबाट धेरै अपेक्षा गरेको छ । त्यसैले समग्रतामा सबैको सहकार्यबाट देशको पर्यटनलाई अगाडी लैजानु आजको आवश्यक्ता हो । ” उहाँले भन्नु भयो ।