संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने

September 9, 2024 Global Photo Bank 15 photos

२०८१ भद्र २४ ः संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रको समग्र विकासका लागि पर्यटन मैत्री नीति निर्माण गरिने बताउनु भएको छ । उहाँले आर्थिक समृद्धिको लागि सरकारले लगानी मैत्री वातावरण सिर्जना गर्नु पर्नेमा जोड दिँदै मन्त्रालयले सोही अनुरुप काम गरिरहेको बताउनु भयो ।

कार्यक्रममा निजी क्षेत्रबाट तर्फबाट बोल्दै होटल एशोसिएसन नेपाल ९हान०का अध्यक्ष विनायक शाह, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्रावल एजेन्ट्स ९नाटा० का अध्यक्ष कुमारमणी थपलिया, टानका महासचिव शोनाम ग्यालजेन शेर्पा, पाटाका महासचिव नरेन्द्र भट्ट, स्कालका अध्यक्ष महेन्द्रराज पौडेल, एअरलायन्स अपरेटर एशोसिएसन अफ नेपाल ९आवोन० का अध्यक्ष मनोज कार्की लगायतले पर्यटन क्षेत्रको विकासको लागि पर्यटनमैत्री नीति बनाउन आग्रह गर्नु भयो ।
नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा ९कमल०को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले स्वागत सहित नवनियुक्त कार्यकारी प्रमुखको परिचय गराउनु भएको थियो ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment