२०८१ असोज ४ गते काठमाण्डौ रोड टु ल्हासाको साहसिक पर्यटकको टोली काठमाण्डौमा
नेपाली राष्ट्रिय झण्डा फहराएर गरियो विदाई
साहसिक पर्यटनलाई प्रर्वद्धन गर्ने उद्देश्यले भारतीय कम्पनी एडभेन्चर ओभरल्याण्डले आयोजना गरेको रोड टु ल्हासाको टोली काठमाण्डौ आईपुगेको छ । १० वटा गाडीमा चार जना महिला सहित २० जनाको यो समुहले भारत, नेपाल र चीन गरि तीन देशको यात्रा तय गर्ने छ ।
सड्कमार्गबाट विश्वका विभिन्न देशको साहसिक यात्रा गराउने कम्पनी एडभेन्चर ओभरल्याण्डको २० जनाको टोली भारतको गोरखपुर हँुदै लुम्बिनी र लुम्बिनीबाट काठमामाण्डौं आइपुगेको हो ।
काठमाण्डौ आएको उक्त टोलीलाई शुक्रवार मेरियट होटलबाट नेपाली राष्ट्रिय झण्डा फहराएर विदाई गरिएको छ । सो अवसरमा पर्यटकहरुलाई शुभकामना व्यक्त गर्दै बोल्दै नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले साहसिक पर्यटन प्रर्वद्धनका लागि रोड टु ल्हासा यात्रा सहयोगी हुने बताउनु भयो ।