Hiking 1 day_ bhudanilkanth temple_bishnu dwar_ dadagau home stay

सोट्टो नेपाल र बुढानिलकण्ठ नगरपालिकाको आयोजनामा बुढानिलकण्ठ मन्दिरदेखि डाँडागाउँसम्मको उत्कृष्ट पदयात्रा

असोज ५ काठमाडौं । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल ९सोट्टो नेपाल० र बुढानिलकण्ठ नगरपालिकाद्धारा संयुक्तरुपमा आयोजित एक दिवसीय पदयात्रा गरिएको छ । एक दिवसीय पदयात्राले बुढानिलकण्ठ नगरपालिकाभित्रको उत्कृष्ट सांस्कृतिक र प्राकृतिक सम्पदाको उजागर गरेको छ ।

यस वर्षको पर्यटन दिवसको नारा ‘पर्यटन र शान्ति’ भएको र सोही सन्देशसहित बुढानिलकण्ठ मन्दिर–मुहानपोखरी–विष्णुद्धार–डाँडागाउँ होमस्टेसम्मको प्रचार प्रसार एवं प्रवद्र्धन गरिएको हो । नेपाल पर्यटन बोर्ड, बुढानिलकण्ठ नगरपालिका पर्यटन बोर्ड, पर्यटन कार्यालय, उद्योग वाणिज्य संघका प्रतिनिधि, पर्यटन व्यवसायीसहित करिब २०० जनाको उपस्थितिमा एक दिवसीय पदयात्रा सम्पन्न गरिएको हो ।