काठमाण्डौ २० असोज १४ औ विश्व मस्तिष्क तथा पक्षघात सेलिव्रेल पाल्सी दिवश नेपालले पनि मनायो । यो दिवश विश्वमा अक्टोवर ६ मा मनाउने गरीन्छ । –याली ललितपुर महानगरपालिका देखि सत्यमोहन जोशी मार्ग हुदै जाउलाखेलमा पुगी सभामा परिणत भएको थियो । एस जि सिपीका कार्यकारी अधिकृत शुशिल मान प्रधानले सि पि बारेमा जानकारी दिदै सिपि रोग होइन अबस्था हो भनि जनचेतना दिनु नै अहिलेको हाम्रो अभियान रहेको र अहिले यो दिवश ४५ देशले मनाउने गर्दछ भने १००० जना जन्मेको मध्ये ३ जनालाई सिपि हुने गर्दछ भन्ने कुरा तथ्याङ्कले देखाउछ भने अहिले विश्वमा १ करोड ७० लाख सिपि रहेको जानकारी दिनु भयो । कार्यक्रममा अन्य सस्थाका प्रतिनिधिहरु डेण्डी शेर्पा, केदार माथेमा, वडा प्रतिनिधि हरि कृष्ण महर्जन, शोभा विकहरुले पनि आफ्नो आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सभापति निवर्तमान कार्यकारी प्रमुख विमल लाल श्रेष्ठ गर्नु भएको थियो । यस समयमा लिएका केही तस्वीरहरु
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ