नेपालको पर्यतकिय राजधानी पोखरामा कार्तिक २४ गते तेश्रो पोखरा अन्तराष्ट्रिय पर्वतिय क्रसकन्ट्री दौ“ड प्रतियोगितामा विभिन्न प्रकारका खेलहरु गर्ने भएको छ । त्यस दिनमा ४ खेलमा विभाजन गरिएको छ । जसमा १. टिम समुह २. च्यालेन्ज इन्डिभिजुवल समुह ३. विद्यार्थि समुह र ४. मा ह्याप्पी रन समुह खेलहरु खेलाइने छ भन्ने विजेता खेलाडिहरुलाई नगद सहित पदक तथा प्रमाण–पत्र समेत प्रदान गरिनेछ र यस खेलमा छिमेकी देश भारत र चिनहरुबाट पनि सहभागि हुने बारे आज नेपाल टुरिजम बोर्डको हलमा भएको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारहरुलाई जानकारी मिडिया संयोज ई प्रतिक राज पहारीले दिनु भयो । यसै सन्दर्भमा पुर्व नेपाल टुरिजम बोर्डका सदस्य तथा पर्यटन ब्यबसायि विश्व संकर पालिखे पालिखेले खेलको बारे र यसको तयारीबारे विस्तृत रुपमा जानकारी दिनु भयो । भने नेपाल पर्यटन बोर्डका वरिष्ट निर्देशक हिकमत ऐरले सवैलाई धन्यबाद दिनु भएको थियो ।
तस्वीर ः प्रदीप कुमार श्रेष्ठ