परमेश्वरको मण्डलीको विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ब्क्भ्श् ले यही अक्टोबर २८ तारिख सोमवारका दिन बागमती प्रदेशको ललितपुर महानगरपालिकामा अवस्थित ‘ललितपुर परमेश्वरको मण्डली’मा विशेष कन्सर्टको आयोजना गऱ्यो । उक्त कार्यक्रममा बोल्दै नेपाल परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विश्वविद्यालय विद्यार्थी स्वयम् सेवक संगठन आसेजका निम्ति कार्यक्रम सभाध्यक्ष अधिवक्ता गणेश कुमार खनालले “विश्वविद्यालय विद्यार्थीहरूले दिगो विश्व वातावरण र मानव(जातिको खुशीलाई प्रवर्द्धन गर्नेको परिचय दिँदै सवैलाई स्वागत गर्नु भयो । उक्त कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण राज्य मन्त्री रूपा वि.क.ले यस्तो खालको कार्यक्रम नागरिक स्तरमा विद्यार्थीहरूबाट हुनु भनेको आफैमा राम्रो भएको कुरा भन्नु भयो भने अन्य शुभ कामना ब्यक्त गर्नेहरुमा प्रतिनिधि सभा सदस्य माननीय लिलादेवी बोखिम, संघीय सांसद माननीय रन्जु झा, ललितपुर महानगरपालिकाकी उप -मेयर मञ्जली शाक्य, काठमाडौँ विश्वविद्यालयका वातावरण विभागका डिन डाक्टर बिमप्रसाद श्रेष्ठ लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै कार्यक्रममा विभिन्न गित नृत्यको पनि विद्याथिीहरुबाट प्रस्तुत गरिएको थियो ।
तस्वीर ः प्रदीपकुमार श्रेष्ठ