नेवार जातीले नयाँ वर्ष (न्हु:दया भिन्तुना) यसरी मनाए_new years 1145

काठमाण्डै १७ कार्तिक हिन्दुहरुको महान चाँड तिहारसंगै नेवारहरुको नयाँ वर्ष न्हु:दया भिन्तुना ११४५ को देश भर मनाइरहदा यस गोकर्णेश्वर नगरपालिीमा रहेका नेवारहरुले पनि विभिन्न ठाउँमा –यालीको आयोजना गरि न्हु:दया भिन्तुना मनाए यस –यालीको शुभारम्भ गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालले रिवन काटेर शुभारम्भ गर्नु भएको थियो । यस कार्याक्रममा प्रदेश पुर्व प्रदेश मन्त्ति रामेश्वर पुयाल, उप प्रमुख सान्नानी लामा वडा नं ८ को नन्दलाल श्रेष्ठ, वडा नं ९ का राजीव थापा लगायतको उपस्थिति रहेको थियो । –याली छहारी क्लबबाट शुरु भएको –याली महांकाल मन्दिर नागस्थान हुदै आरुबारी चोक शंखडोल चोक भगवती मन्दिर हुदै पुनः छहारी क्लबमा पुगि नेवारी परम्परा अनुसार खाना खाई सभापन भएको थियो । यस समयमा लिएका तस्वीरहरु

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ