सुवर्ण शम्शेर लोकतान्त्रिक राजनीतिलाई चलायमान गराउने नेता हुनुहुन्थ्यो ः मन्त्री पाण्डे

November 11, 2024 Global Photo Bank 2 photos

काठमाडौं, कात्तिक २५ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुवर्ण शम्शेर राणा नेपाली कांग्रेसप्रति समर्पित र तत्कालीन लोकतान्त्रिक राजनीतिलाई चलायमान गर्ने नेता भएको बताउनु भएको छ ।
नेपाली कांग्रेसका संस्थापक नेता सुवर्ण शमशेर जबराको ४७ औं स्मृति दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएको हो ।
उहाँले विपी,सुवर्ण शम्शेर ,गिरिजाप्रसाद कोइराला ,गणेशमान सिंह कृष्णप्रसाद भट्टराई लगायतका नेताहरू प्रति एक अर्कोमा हार्दिकता, आत्मियता र सद्भाव रहेको बताउनु भयो ।
उहाँहरूको त्याग अनुपम भएको उल्लेख गर्दै आफू नै मन्त्री वा पार्टी सभापति बनिरहनु पर्छ भन्ने भावना उहाँमा नभएको बताउनुभयो ।
वीपी पत्नी सुशीला कोईरालाले आफ्ना पतिलाई प्रधानमन्त्री नभई सुवर्णलाई प्रधानमन्त्री बन्नका लागि अनुरोध गर्दा समेत उहाँले आफू नभई विपी नै बन्नका लागि अनुरोध गरेको स्मरण गर्दै राजाले गणेशमानसिंहलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा त्यो कुरा अस्वीकार गरि कृष्णप्रसाद भट्टराईलाई अघि सारेको स्मरण गर्नु भयो।
उहाँ देशमा विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्नका लागि एमालेसँग सहकार्य गर्नु परेको उद्घोष गर्नुभएको छ ।
मन्त्री पाण्डेले भन्नुभयो, नेपाली कांग्रेसको प्रमुख प्रतिशपर्धी नेकपा एमाले नै हो । राजनीतिक अस्थिरता चिर्नका लागि एमाले सँग सहकार्य गरेका हौं । ०८४ सालमा पनि कांग्रेस–एमालेबीच नै प्रतिस्पर्धा हुने हो । उहाँले नेपाली कांग्रेस नेतृत्वमा नै मुलुकमा ००७ सालको प्रजातन्त्र स्थापना, ०१५ सालमा पहिलोपटक आम निर्वाचन ,०४६ सालको जनआन्दोलन हुँदै,०६२÷०६३ सालको दोस्रो जनआन्दोलनको समेत नेतृत्व गरि संविधानसभा मार्फत संविधान जारी गरेको दाबी गर्नु भयो।

सुवर्ण स्मृति दिवसको अवसरमा सुवर्णका समकालीन राजनीतिक व्यक्तितब एवम् प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याउनु भएका सुनदेवी जोशी (चिवतन), रामनारायण देव(सप्तरी ) र महेश्वर कुमार कोर्माचा (ओखलढुंगा) लाई सम्मान समेत गर्नुभएको थिया े। कार्यक्रममा नेपाली कांग्रेस पार्टीको केन्द्री सदस्य मधु आचार्य, मदनकृष्ण श्रेष्ठ, ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment