काठमाडौं, मंसीर २ गते । नेपाल प्रज्ञा प्रतिष्ठानको डबली प्राय पुस्तक सार्वजनिक गर्ने र पुस्तकबारे विमर्श हुने ठाउँ । लेखक र पुस्तकप्रति अभिरुचि राख्ने निम्तालु उपस्थित हुन्थे पुस्तको समीक्षा हुन्थ्यो तर आइतबार दिउँसो त्यहाँ अलिक फरक विमर्श चल्यो, विमर्श पुस्तकसँग सम्बन्धित थिएन नेपाल प्राज्ञा प्रतिष्ठानलाई कसरी व्यबस्थित र स्तरीय बनाउने भन्नेमा ।
विमर्शमा सहभागी थिए प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री बद्रीपाण्डे, कुलपति भूपाल राई र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा कर्मचारी । छलफलको चुरो थियो भाषा, संस्कृति, समाज शास्त्र र दर्शन शास्त्रको अध्ययन, अनुसन्धान र अन्वेषण गर्ने गराउने । यस्तो महत्वपूर्ण दायित्व बोकेको प्रतिष्ठानलाई कसरी साँचिकै प्राज्ञिक केन्द्र बनाउने भन्नेनै सबैको चिन्ता थियो ।
आकाश धुम्बिएकाले घाम पारिलो थिएन तर पनि खुला ढबलीमा मन्त्री र प्राज्ञहरुको खुलेरै छलफल गरे औपचारिकता बिनानै । छलफलमा मन्त्री पाण्डेले आधुनिक छापाखानको व्यवस्थित संचालन भएको देख्दा खुशी व्यक्त गरे । सो प्रेसलाई पूर्ण क्षमतामा कसरी सञ्चालन गर्ने, सभाहलको थप व्यबस्थापन तथा प्रज्ञा प्रतिष्ठान परिसर र डबलीको मौलिकसौन्दर्यीकरणका विषयमा विचार पोखिए ।
सामान्यतया मन्त्री पुगेपछि भाषण फूलमालाले स्वागत र औपचारिकता मै धेरै समय जाने गथ्र्यो तर यस्ता औपचारिकता बिनाकै एक घण्टाको भेट र अवलोकनको निश्कर्ष थियो प्रतिष्ठानले प्राज्ञिकतालाई निखार्दै अगाडि लानु पर्ने आजको अवश्यकतमा ।