पुरानो बानेश्वर टोलबासीबाट आपतकालिन रक्तदानको आयोजना गरे _Blood Donation for emergency call

https://youtu.be/qWx2zgqil7I

१ मंसीर काठमाण्डौ, पुरानो बानेश्वर टोलबासी काठमाडौको आयोजनामा आज आपतकालीन रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक श्री सुवास ढकालले गर्नु भएको थियोे भने प्रमुख अतिथिमा जेष्ठ नागरिक तथा समाजसेवी श्री राधेश्याम थापा तथा विशेष अतिथिमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री मा.सुरज लामिछाने लगायत विभिन्न वडाका जनप्रतिनिधि, प्रहरीका उच्च ओहोदाका प्रतिनिधि, वडाबासी र संचारकर्मीहरुको सहभागितामा सम्पन्न भएको थियो । सो कार्यक्रममा वडाका दुई जेष्ठ नागरिक राधेश्याम थापा र श्रीकुमारी मानन्धरलाई दोसल्लाका साथै मायाको चिनो प्रदान गरि सम्मानित गरिएको थियो । सो रक्तदान कार्यक्रममा युवा युवती देखि बुढापाका सम्का गरी जम्मा ७६ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । यो रक्तदान अहिले फैलिरहेको डेङगुकोलागि आबश्यक पर्ने भएकोले यो आपतकालिान रक्तदान कार्यक्रम गर्नु पर्ने भएको रक्तदाता तथा अधियान कर्र्मि लक्ष्मण जोशी तथा कार्यक्रम सहयोगी महेश पोखरेलले बताउनु भयो ।