२०८१ साल मङ्सिर ८ काँडाघारीस्थित अक्षरा स्कुलमा ‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त-विज्ञानबिच संवाद’ विषयक २ दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन कागेश्वरी मनोहरा नगरपालिका मेयर उपेन्द्र कार्कीले गर्नुभएको थियो । उक्त कार्यक्रममा अक्षरा स्कुलका कार्यकारी निर्देशक अन्जु भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो।
आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा डा. भक्ति विज्ञान मुनि महाराज, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल र श्रीपद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासीलगायत नेपाल, भारत, अमेरिकाका साथै विभिन्न देशका २० जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तक, अभियन्ता, गुरुहरू र वैज्ञानिकहरुको आ-आफ्नो कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ ।
तस्बिर : प्रदीपराज वन्त, रासस