जनकपुर बोट्ल्सले ८ विकेटको जित

काठमाडौँ, मङ्सिर १५ गते । नेपाल प्रिमियर लिग ९एनपिएल० को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।
विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेल्नुभयो । ५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाउनुभयो । ओपनर लोकेश बम पाँच रनमा आउट हुनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो । किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिनुभयो । साथै दोश्रो खेलमा जनकपुर बोट्ल्सले २ विकेट गुमाएर पुरै ओभर नसकिदै रन लक्ष्य पुरा गरी ८ विकेटले जित हात पा–यो ।

तस्बिर ः प्रदीपराज वन्त, रासस