नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडानबारे छ्लफल
काठमाडौं मंसिर १८माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले गणतन्त्र कोरियाको राष्ट्रिय सभाका संस्कृति, खेलकुद तथा पर्यटन समितिका सभापति महामहिम जन जे-सू भेट गर्नु भएको छ । भेटमा नेपाल र कोरियाबीच नेपाल एअरलाइन्सको सिधा उडान सुचारू गर्ने बिषयमा छ्लफल भएको थियो । नेपाल एअरलाइन्सको सिधा उडान नहुदा कोरियामा काम गर्न जाने श्रमिकहरु मर्कामा परेको बारे जानकारी गराईएको थियोे । भेटमा मन्त्री पाण्डेले यस वर्ष नेपाल र गणतन्त्र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव परेको र दुई देशबीचको यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न तत्पर रहेको समेत बताउनु भएको थियो । यस्तैकोरियन कम्पनी सामसुङ (Samsung) र हुन्डे (Hyundai) ले नेपालमा लगानी गरेर Made-in-Nepal टेलिभिजन सेट उत्पादन गर्न सुरुवात गरेको र गाडी उत्पादन गर्न लागेकोमा खुशी व्यक्त गर्नु भएको थियो । कोरियाली प्रतिनिधि मण्डलले
नेपालदेखिएका समस्या संसदमा उठाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियोे ।
मन्त्री पाण्डे र कोरियाली प्रतिनिधि मण्डल बीच भेट
Photos
Click any image to open it full size, or hover to download.