सेन्ट्रल एसियन (काभा) अन्तराष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ सबै तयारी पूरा

December 6, 2024 Global Photo Bank 12 photos

काठमाण्डौ २१ मंसीर, काठमाडौ ्रसेन्ट्रल एसियन (काभा) अन्तराष्ट्रिय पुरुष क्लब भलिबल च्याम्पियनसिप २०२४ सबै तयारी पूरा भएको छ । आइतबार दशरथ रंगशालाको कभर्डहलमा भएको अन्तिम पुर्व खेलको पत्रकार सम्मेलन गरी भोलीबाट सुरू हुने खेलको सबै तयारी पूरा भएको आयोजकको तर्फबाट मिडिया कोअर्डिनेटर भिम वलीले जानकारी दिनु भयो । पुर्व खेलको पत्रकार सम्मेलन बोल्दै सहभागी सबै टिमका क्यापटेनहरू उपाधी जित्ने दाबी गरेको छ । यस खेलमा ५ क्लबको सहभागी रहेको छ । काभा पुरुष भलिबल क्लब च्याम्पियनसिप २०२४ भोली २०८१ मंसिर २२ देखि भई २९ गतेसम्म हुने छ भने खेल काठमाडौको दशरथ रंगशालाको कभर्डहलमा हुनेछ ।

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment