नेपाल भलिवल लिगको लोगो र स्लोगन सार्वजनिक

December 24, 2024 Global Photo Bank 19 photos

पौष ९ काठमाण्डौ, आज नेपाल भलिबल लिगको पुरुष फ्रेन्चाइज लिग ( एनभीएल) को लोगो र स्लोगन सार्वजनिक भएको छ । यस खेलको आयोजक केडिया ग्रुपले मंगलबार काठमाण्डौ एक कार्यक्रम गर्दै फ्रेन्चाइज लिगको नाम लोगो र स्लोगान सार्वजनिक गरेको हो । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले लोगो अनावरण र साथै केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा ‘उचाईको नयाँ उडान’ नामक स्लोगान सार्वजनिक गरे । केडिया ग्रुपका निर्देशक अश्विन केडियाले नेपाली भलिबललाई थप यचाईमा पुर्याउने लक्ष्यका साथ यचाईको उडान स्लोगान राखिएको बताए । एनभीएलका एडमिन तथा अपरेसन हेड विकास खेतानले पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता हुने बताए । यस पुरुष भलिवलको फ्रेन्चाइज लिगकोलागि केडिया ग्रुप र नेपाल भलिवल संघ विच ७ वर्षकोला सम्झौता भइसकेको थियो । यसै अनुसार नेपाल भलिवल संघलाई केडिया ग्रुपले प्रत्येक वर्ष रु ३५ पैतिस लाख रुपैया नेपाल भलिवल संघलाई उपलब्ध गराउने छ । यो खेल नेपालमा पहिलो पटक पुरुष प्रन्चाइज लिग हुनेछ ।

Photo :pradeep kumar shrestha/globalphotobank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment