तेन्जिङ नोर्गे शेर्पा आरोहण प्रतियोगिता सुरु

काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण सुरु भएको छ । प्रतियोगिता आज बुधबार जगडोलस्थित गेटवे एड्भेन्चर हबमा सुरु भएको हो । गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उत्घाटन गरेका हुन्। उनले भने आज मैले तेन्जिङ नोर्गे शेर्पाको नाम लिन पाउँदा खेरि एक्दमै खुस्सी लागेको छ । नेपालमा यस्ता कार्यक्रमलाई मैले महत्वपूर्ण ठानेको छु। नेपाललाई माउन्टेन कन्ट्री भनेर चिन्छन्। आयोजकलाई नगरपालिकाको पनि साथ रहेको रिसालले बताए । हाम्रो नगरपालिकास्थित शहिद पार्कमा आरोहण सम्बन्धित क्लाइमिङ वाल बनाउन चाहेमा नगरपालिकाको पनि साथ रहने उनले बताए । यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको लागि जनवरी १५ देखि २५ तारिखसम्म आवेदन खुल्ला गरिएको थियो । जसमा ५० भन्दा बढीले सहभागिता जनाएका छन् । यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता यही आज (माघ १६ र १७ गते) सम्म हुने छ ।

photo : pradeep kumar shrestha/global photo bank.com