सहिद गेटमा सभापति कपको ट्रफी अनावरण

January 30, 2025 Global Photo Bank 35 photos

काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिता अन्तर्गत ट्रफी अनावरण सहिद गेटमा सम्पन्न भएको छ। सहिद दिवसको अवसर पारेर आयोजित उक्त कार्यक्रममा विभिन्न खेलकुद तथा राजनीतिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सभापति कपको ट्रफी निर्देशन समितिका संयोजक एवम् काँग्रेस नेता मोहनबहादुर बस्नेतले गरेका हुन् । कार्यक्रममा आयोजक टोलीका पदाधिकारी प्रशिक्षक तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो। महाधिवेशन निर्देशन समितिका दाधिकारीहरूले सहिद दिवसको सन्दर्भमा राष्ट्रका लागि बलिदान दिने सहिदहरूको सम्झनामा सहिद गेटबाट ट्रफी अनावरण गर्न उचित लागेको बताएका थिए । माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन् । सभापति कप फुटबल प्रतियोगिता सबैभन्दा ठूलो पुरस्कार राशि भएको नकआउट फुटबल प्रतियोगिता हो। यस प्रतियोगितामा विभिन्न ए डिभिजन क्लबहरू सहित उत्कृष्ट खेलाडीहरूको सहभागिता रहँदै आएको छ। यस संस्करणमा पनि प्रतिष्ठित टिमहरू बीच कडा प्रतिस्पर्धा देखिएको छ ।

photo: mukunda kalikote / Umesh karki

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment