१५ औ चितवन महोत्सव भब्यरुपमा मनाउने

January 5, 2025 Global Photo Bank 9 photos

काठमाण्डौ, यही पुष २५ देखि माघ १० गते सम्म १५ औ चितवन महोत्सव हुने भएको छ । यो मेला महोत्सवले आर्थिक विकास बहुआयामित भुमिकामा जोड दिने उदेश्यले गर्न लागिएको कुरा चितवन उद्योग बाणिज्य महासंघ जिल्ला शाखाका अध्यक्ष लगायत महोत्सव आयोजक समितिले काठमाण्डौका उद्योग बाणिज्य महांसंघको सभाहलमा उद्योग बाणिज्य महासंघको उपाध्यक्षको जोत्सनाको आतिथ्यमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । जसले पर्यटन उद्याग र आर्थिक क्षेत्रमा चितवनबासीलाई मात्र नभई राष्टस्तर सम्म सहयोग पु–याउने उदेश्य रहको कुरा मुल आयोजकले बताउनु भयो । यस महोत्सवमा यस महोत्सवलाई हातेमालो गरी सहयोग गर्ने २० वटा सस्थाहरु रहेको जानकारी दिनु भयो । साथै स्टलमा स्थानियले उत्पादन गरेको देखि बाह्यबाट उत्पादन गरेको सामान बस्तुहरु राखिने छन । महोत्सवमा चारसय तिस वटा स्टल रहनेछन् ।

Photo : Pradeep Kumar Shrestha/ global photo bank.com

https://youtu.be/SdYvSog32L8

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment