२३ औ ह्वाइट वाटर च्यालेन्स प्रतियोगित सम्पन्न

सिन्धुपाल्चोक २१ पौष २३ औ ह्वाइट वाटर च्यालेन्स प्रतियोगित नेपाल एसोसियसन अफ –याफ्टीङ एजेन्सी (नारा) को आयोजनामा सम्पन्न भएको छ । प्रतियोगितमा दुइ खेल समावेश गरेको थियो । १. कायाक २.–याप्टीङ । दुइ दिन सम्म भएको प्रतियोगितामा पहिलो दिनको खेल कायाकमा कायाक सलालम, दोश्रो डाउन रिभर र तेश्रो ओभरत खेल गरी तिन विद्यामा खेल सम्मन्न भएको थियो । आज दोश्रो दिनमा डाउन रिभर –याफ्टीङ प्रतियोगिता भई समापन भएको थियो । समापन कार्याक्रममा पुर्व प्रदेश प्रर्यटन मन्त्रि तथा सांसद दिपेन्द्र श्रेष्ठको प्रमुख अतिथिमा उपस्थिती थियो । प्रमुख अतिथिी श्रेष्ठ लगायत न्याथमका विभागिय प्रमुख अजय ढकाल नाराका अध्यक्ष शिव अधिकारी लगायतले दुवैखेलका विजताहरुलाई प्रमाण पत्र नगद सहित प्रदान गर्नु भयो । जस कायकमा प्रथमले ५०००। पाच हजार र –याफ्टीङका विजेताले रु ३००००। तिस हजार प्राप्त गरे भने अन्तिमा अध्यक्ष शिव अधिकारीले सवैलाई बधाई दिई समापन गर्नु भयो । यस समयका तस्वीरहरु

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ ÷ ग्लोबल फोटो वैंक