काठमाडौंमा सत्कार दिवस मनाउने

काठमाण्डौ २२ पौष, होटल संघ नेपालले २०८१ माघ २ गते काठमाडौंमा सत्कार दिवस मनाइने भएको छ । कार्यक्रममा नेपाली रैथाने खानालाई प्रबर्धन गर्ने मुख्य मुख्य उदेश्य रहेको जानकारी अध्यक्ष बिनायक शाहले बताउनुभयो। यसै कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उदेश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल वर्षकिताव २०२५ पनि विमोचन गर्ने कार्यक्रम रहेको कुरा पनि बताउनु भयो ।

तस्वीर ः प्रदीप कुमार श्रेष्ठ ÷ग्लोबल फोटो वैंक