हवाई टिकट मूल्यबृद्धी नियन्त्रण गर्न राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्छ : मन्त्री पाण्डे

January 7, 2025 Global Photo Bank 2 photos

काठमाडौं, २३ पुस : संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आन्तरिक र अन्तर्राष्ट्रिय रूपमा हवाई टिकट मूल्यबृद्धी नियन्त्रण गर्नका लागि राष्ट्रिय ध्वजाबाहक बलियो हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा आज उहाँले त्यसका लागि नेपालकाे आकाश सुरक्षित र भरपर्दो हुनुपर्ने तथा त्यसमा सबैको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । मन्त्री पाण्डेले भन्नुभयो, ‘ हवाई जहाज खरिद प्रकरणदेखि सञ्चालन र टिकट वितरणमा सुधार गर्नु आवश्यक छ, त्यसका लागि हामी काम गरिरहेका छौ ।’ मन्त्री पाण्डेले वायुसेवा निगमका समस्या समाधानका लागि कार्यकारी अध्यक्षलाई सुधारको योजनाका साथ काम गर्न एक महिनाकाे अवधिसहित निर्देशन दिएकाे समेत जानकारी दिनुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment