कमल बहादुर ठकुरी को नेतृत्व सहित नाराको ३६औॅं वार्षिक साधारसभा सम्पन्न

January 11, 2025 Global Photo Bank 12 photos

काठमाडौं २६ पौष, नेपल एशोसियसन अफ राफ्टिङ एजेन्सिज (नारा) को ३६औॅं वार्षिक साधारसभा सम्पन्न भएको छ । काठमाडौंको मर्सयांदी होटेलमा नयाँ कार्यसमिति सहितको घोषणासॅंगै नाराको ३६औॅं वार्षिक साधारसभा सम्पन्न भएको हो ।

नयाँ कार्यसमितिको अध्यक्ष पदमा कमल बहादुर ठकुरी, उपाध्यक्ष सुक बहादुर लामा, महासचिवमा चुडामणि अर्याल, सचिवमा देवराज जैसी ,कोषाअध्यक्षमा रित्त रहेको सदस्यहरुमामा विष्णु गुरूङ र सन्जिव कुमार तामाङ निर्वाचित भएका छन् ।

https://youtu.be/LPQStIF3lYY

नवनिर्वाचित अध्यक्ष कमल ठकुरीले भने जुनै पनि संस्थाको आफ्नो उद्देश्य हुने गरेकाले यस संस्थाको पनि पर्यटन लक्षित काम गर्नु नै हो । नारामा अहिलेको परिस्थितिमा काम गर्न चुनौति पनि रहेको छ । प्राकृतिक स्रोतको बढी प्रयोग हुने भएकाले अहिले यससम्बन्धि भइरहेको काम र प्रयासलाइ नै निरन्तरता दिने उनले बताए ।

निवर्तमान अध्यक्ष शिव अधिकारीले गौरवान्दित हुँदै भने आजको नयाँ कार्यसमितिमा अबको दुइ वर्षमा नाराको आफ्नै भवन हुनेछ । मैले साँढे चार करोडको भवन निर्माणको लागि पहल गरी बनाउने भएका छौं । अबको दुइ वर्षमा नाराले आफ्नै भवनमा वार्षिक साधारण सभा मनाउने छ । यो मेरो लागि एकदमै खुशीको कुरा हो ।

https://youtu.be/GD4SS2-yGCs

कार्यक्रममा संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राज किशोर यादवले नेपालको पर्यटनका लागि भूमिका निर्वाह गर्ने नाराजस्ता संस्थाको विषयमा सरकार समक्ष व्यवसायीहरू मिलेर सुधार गर्न पत्र बुझाउन पहल गर्ने बताए ।

तस्वीर ः प्रदीपकुमार श्रेष्ठ ÷ग्लोबल फोटो वैंक

Photo : pradeep kumar Shrestha / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment