विमानस्थलको सुचारु भए पछि टीकापुरमा सम्भावनाको ढोका खुलेको छ ः मन्त्री पाण्डे

टीकापुर पुस २५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । बिहीबार सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । मन्त्री पाण्डेले लामो समय पछि पुन सुचारु भएको विमानस्थलले टीकापुरको सम्भावनाको ढोका खोलेको भन्दै टीकापुरमा अन्य सम्भावना पनि बढेको उहाँको तर्क थियो । टीकापुरका परिकल्पनाकार खड्गबहादुर सिंहको परिकल्पना अझै पूरा नभएको बताउँदै उहाँको परिकल्पना अनुसार टीकापुर बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ थियो । देशलाई स्थायित्व दिन नै दुई ठुला दल मिलेर सरकार निर्माण गरेको बताउँदै स्थायित्वले मात्र देशको विकास हुने उहाँको भनाइ थियोे ।