मणि लामाको नेपाल इन मोनोक्रोम पुस्तक विमोचन

काठमाडौं, वरिष्ठ फोटोग्राफर मणि लामाले नेपाल इन मोनोक्रोम पुस्तक विमोचन गरेका छन् । उमेरले ७६ लागेका वरिष्ठ फोटोग्राफर मणि लामाले काठमाडौंको तारागाउँ संग्रहालयमा तीन फोटोग्राफरसहित नेपाल इन मोनोक्रोमू पुस्तक विमोचन गरेका हुन् । फोटोग्राफर लामाका चेलाहरू प्रशान्त श्रेष्ठ, किशोर महर्जन, आशिष डंगोलका साथमा वरिष्ठ फोटोग्राफर मणि लामाले पुस्तक विमोचन गरेका हुन् । ब्ल्याक एण्ड वाइट मा उनका फोटोहरू पनि प्रदर्शनीमा राखेको थियो । उनले झन्डै ७० वर्ष देखिका तस्वीरहरू प्रदर्शनीमा राखिएका थिए । अमेरिकामा कृषि पढेर आएका उनी जागिर नपाएपछि फोटोग्राफीमा होमिएका थिए । २०४७ सालअघि लामा पोस्ट कार्ड, पोस्टर, ग्रिटिङ कार्डमार्फत नेपाली जनजीवन र दृश्यहरू विदेशीलाई देखाउँथे । उनका पोस्ट कार्डहरू अझै बजारमा फाट्टफुट्ट भेटिन्छन् । लामाले नै पहिलोपल्ट फोटो प्रदर्शनीको सुरूवात गरेको मानिन्छ। लामाले युनिसेफ, यूएनडीपी, जस्ता धेरै संघसस्थाहरुमा उनले फोटो खिच्ने काम गरेका थिए । उनले आफ्ना तस्वीरहरू विक्रीका लागि पनि राखेका थिए । उनको हस्ताक्षरसहित नेपाल इन मोनोक्रोमू पुस्तक सहुलियतमा राखेका थिए ।

Photo : Pradeep Kumar Shrestha/ global photo bank.com