नियमावली र कार्यविधि ल्याउन उद्योग वाणिज्य महासंघका अध्यक्षको आग्रह

January 20, 2025 Global Photo Bank 2 photos

२०८१ माघ ६ काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले हालै जारी गरेका नयाँ अध्यादेशको भावना अनुसार नियमावली र कार्यविधी ल्याउन सरकारसङ आग्रह गर्नु भएको छ । सरकारले हालै ल्याएका अध्यादेशको महासंघले स्वागत गरेको उल्लेख गर्दै उहाँले अब अध्यादेशमा आएका विषयको कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो । उद्योग वाणिज्य महासंघले लामो समय देखि नीतिगत सुधारको लागि सरकारसङ पैरवी गर्दै आएको थियो । महासंघको आग्रह अनुसार सरकारले अहिले गरेका नीतिगत सुधारले हामी उत्साहित भएका छौं । तर यो प्रयाप्त छैन । लगानीका लागि अझै थुप्रै कानुनी सुधार आवश्यक छ । उहाँले भन्नुभयो प्लास्ट नेपाल फाउण्डेशन नेपालको दशौं वार्षिक साधारण सभाका अवसरमा बोल्दै उहाँले सरकारले केही कानुनी सुधार गरे पनि लगानीका लागि अझै थप कानुनी सुधार आवश्यक भएको धारणा राख्नु भयो । सो अवसरमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री वातावरण निर्माणका लागि सकारात्मक रहेको बताउनु भयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment