२०८१ माघ १३ काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अनुकुल व्यवसायिक वातावरण
र आर्थिक गतिविधि चलायमान भएमा स्वतः राजस्व वृद्धि हुने बताउनु भएको छ । ७३औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले राजस्व संकलनको वार्षिक र मासिक लक्ष्य तोकिनु भन्दा स्वच्छ व्यवसायमैत्री वातावरण श्रृजना गर्ने तर्फ सरकारका क्रियाकलापहरु केन्द्रित भएमा व्यवसाय र राजस्व दुवै बढ्ने धारणा राख्नु भयो ।
“व्यापार सहजीकरण, स्वच्छ र निश्पक्ष राजस्व संकलन, समाजको सुरक्षा र संरक्षण गर्ने मूख्य उदेश्य लिएर हिडेको हाम्रो भन्सार प्रशासनले व्यवहारमा राजस्व संकलनलाई उच्च महत्व दिएको अवस्था छ । तर मुलुकको समग्र विकासको लागि व्यापार सहजीकरणलाई पहिलो प्राथमिकतामा राखेर अगाडी बढ्नु मुलुकको दिर्घकालिन हितको लागि श्रेयस्कर हुन्छ ।” उहाँले भन्नुभयो ।
स्वच्छ र व्यवसायमैत्री वातावरण भए व्यवसाय र राजस्व दुवै बढ्छ :– अध्यक्ष ढकाल
Photos
Click any image to open it full size, or hover to download.