मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्न राजस्व क्षमतामा निर्भर : अध्यक्ष

2081 माघ २३ काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्ड देशले परिचालन गर्ने राजस्व क्षमतामा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था निर्माणमा आन्तरिक श्रोतको दक्ष र प्रभावकारी परिचालनको महत्वपुर्ण भुमिका रहने बताउनु भएको छ । राजस्व अनुसन्धान विभागको आयोजना तथा महासंघको समन्वयमा मंगलवार महासंघको सचिवालयमा आयोजित “ राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले अपेक्षित राजस्व संकलन हुनको लागि उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताउनु भयो । कतिपय अवस्थामा वैध व्यवसाय गर्नेहरु पनि नियमनकारी निकायहरुको अनुगमनको नाममा अनावश्यक झमेलामा पर्ने गरेको आवाज व्यवसायीहरुवाट आउने गरेको छ । यसले व्यवसायीको अतिरिक्त समय र आर्थिक भार बढ्न गई व्यवसाय महंगो हुने र प्रतिष्पर्धि क्षमतामा ह्रास आउने गरेको छ । यस तर्फ पनि विभागको समुचित ध्यान जाओस । अध्यक्ष ढकालले भन्नु भयो यस्तै उहाँले अर्थतन्त्र चलायामान भई बजारमा मागको वृद्धि भए मात्र आर्थिक गतिविधिमा बढ्न जाने, उत्पादन तथा व्यवसायमा सुधार आउनुका साथै राजस्व संकलन पनि वृद्धि हुन जाने बताउनु भयो । यस्तै हालै जारी अध्यादेशबाट यस विभागको कार्यक्षेत्र भित्र पर्ने राजस्व चुहावट ऐन २०५२ का केही प्रावधानहरुमा संशोधन भएको र संशोधनमा समेटिएका मूलतः मुद्धा दायर गर्ने विगोको सीमा ५० लाखबाट ३ करोड बनाईएको, मुद्धा दायर हुनु अगाडी सम्वन्धित व्यक्तिले बिगो र सो बमोजिमको जरिबाना बुझाउन चाहेमा मुद्धा नचलाउने निर्र्णय गर्र्न सक्ने, मुद्धा दायर पछि पनि मिलापत्र र मुद्धा फिर्ता लिन सक्ने संशोधित प्रावधानले व्यवसायिक वातावरण निर्माण गर्न थप सहयोग पुग्न जाने विस्वास निजी क्षेत्रले लिएको समेत अध्यक्ष ढकालले बताउनु भयो ।राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुबैको उद्धेश्य वैध व्यापारलाई प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने भएकोले सरकार निजी क्षेत्रको सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताउनु भयो । उहाँले विभागको उद्धेश्य कसैलाई दुःख दिने नभई नियमन र सहजिकरण भएको उल्लेख गर्दै विद्यमान नीति नियमका बारेमा व्यवसायीहरुमा अन्यौल भए आफुहरु सहजिकरण गर्न सदैव तयार रहेको बताउनु भयो ।
सो अवसरमा व्यवसायीहरूले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन गुणस्तरिय प्रविधिको प्रयोग सहित प्रविधिको प्रयोगलाई थप व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउनु पर्नेमा जोड दिएका थिए ।

Photo : pradeep kumar Shrestha / global photo bank.com