अन्तराष्ट्रिय पर्वतीय लीडर तालिम पाठ्यक्रमको घोषणा #nma #mountain #traning book announc #traning

February 28, 2025 Global Photo Bank 98 photos

नेपाल पर्वतारोहण संघ तथा नेपाल पर्वतीय लीडर संघको सहकार्यमा पेशागत पर्वतारोहण नेतृत्व तालिमको प्रमाणपत्र वितरण तथा वस्तुगत पाठ्यक्रम विमोचन कार्यक्रम काठमाडौंको अरन्या बुटिक होटल, हातिसारमा विहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नोरु शेर्पाले तालिम सञ्चालनबारे विस्तृत जानकारी दिएका छन् ।
यस्तै, नेपाल पर्वतीय लीडर संघका अध्यक्ष दावा टासी शेर्पाले संघले युनियन अफ इन्टरनेशनल माउन्टेन लीडर एशोसिएनको सदस्यता प्राप्त गर्न गरेको संघर्ष साथै तालिमबारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि अरुण कुमार चौधरीले तालिमले नेपालको अर्थतन्त्र उकास्न टेवा पुग्ने र तालिम लिएका प्रशिक्षार्थीमा जिम्मेवारी थप भएको बताएका थिए ।
उक्त कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, प्रेस काउन्शिलका अध्यक्ष बालकृष्ण बस्नेत, प्रशिक्षार्थीको प्रतिनिधिमा साइबर ब्यूरोका अ.स.ई कुञ्जा छोपेल शेर्पाले आ– आफ्नो मन्तव्य दिएका छन् ।
अन्त्यमा नेपाल पर्वतारोहण संघका वरिष्ठ अध्यक्ष ठाकुर राज पाण्डेले आफ्नो मन्तव्य राख्दै कार्यक्रम समापन भएको थियो।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment