काठमाडौ, फागुन २३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापना सम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताउनु भएकाे छ । जर्मनीको भ्रमणमा रहनु भएका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्री पाण्डेको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले विश्वका अन्य देशमा रहेका नेपाली सम्पदाहरु फिर्ता ल्याउने काम सरकार, विभिन्न संस्था तथा विद्वानहरूबीचको सहकार्यबाट हुँदै आएको बताउनुभयाे ।