महिला तथा पुरुष भलिवल प्रतियोगिता ललितपुर महानगरपालिकामा हुने

१०६ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश अन्तर पालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता महानगरपालिकाको आयोजनामा हुने भएको छ । ललितपुर महानगरपालिका आयोजना जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको संचालन यही आउदो चैत्र १० गतेदेखि १५ गतेसम्म खेल प्रतियोगिता हुने भएको छ । जसमा बागमति प्रदेशमा रहेका पालिकाहरुले भाग लिन पाउने छन् भने विभागिय टीमले चाहि भाग लिन पाउने छैनन् । प्रतियोगिता जाउलाखेल स्थित भलिवल प्रशिक्षण कर्भडहलमा संचालन हुने छ । प्रतियोगितामा पुरस्कारको रासी प्रथमले दुई लाख, द्वितियले एक लाख, तृतियले पचास हजार, सर्वोकृष्ट खेलाडीलाई दश हजार रहेको र विधागत तर्फ सवैलाई पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ । यसमा भाग लिनको लागि अन्तिम नामावली दर्ता चैत्रको ७ गते सम्म राखिएको छ ।