राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा

March 25, 2025 Kumar Pradeep Shrestha 23 photos

काठमाडौं, चैत्र ११ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औं राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो । एनएफपिजे नेपाल, व्यावसायिक फोटोपत्रकारहरूको पहिलो आधिकारिक संस्था हो । संस्था २०५३ साल असोज ६ गते स्थापना भएको थियो । अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ । साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ । राष्ट्रिय तथा प्रदेशस्तरीय अवार्ड विधाहरू
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ । त्यसैगरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ ।अवार्डका लागि आवेदन प्रक्रिया फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्। आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका १२ वाइ १८ इन्च आकारमा ३०० डिपिआइ गुणस्तरमा क्याप्सनसहित पेश गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।

Photo : udhab shing bogati

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment