जापानको फुजिजोनियाका नगरप्रमुखद्वारा मन्त्री पाण्डेसँग शिष्टाचार भेट, जापानी पर्यटकलाई नेपालका हिमाली र धार्मिक क्षेत्र घुम्न आग्रह

March 25, 2025 Global Photo Bank 5 photos

जापानी पर्यटकलाई नेपालका हिमाली र धार्मिक क्षेत्र घुम्न आग्रह काठमाडौं, जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगरप्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग मंगलबार शिष्टाचार भेट गरेको छ ।
मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको प्रतिनिधि मण्डलको टोलीले जापान र नेपालको संस्कृति,पर्यटन लगायतका विषयमा छलफल गरेको हो । फिजिनोमिया नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको प्रति मन्त्री पाण्डेले सुखी व्यक्त गर्नु भएको छ।

मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेको प्रति खुसी व्यक्त गर्दै कृषि,पर्यटन सामाजिक सांस्कृतिक र शिक्षा जस्ता कुरामा ज्ञानसीप आदान प्रदान गरि अघि बढ्न सुझाव दिनु भयो ।
उहाँले नेपाल जापानबीचको सम्बन्ध ््आगामी दिनमा अझ प्रगाढ रहने बताउँदै त्यसका लागि मन्त्रालय साथमा रहने विश्वास दिलाउनु भयो। साथै उहाँले नेपालका हिमालहरु ,धार्मिक पर्यटनका क्षेत्र घुम्न आउन जापानी टोलीलाई अनुरोध समेत गर्नुभयो ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment