2nd National Horticulture Expo 2081

काठमांडौको भृकुटीमण्डपमा चैत्र २८ देखि ३१ गतेसम्म हुने दोश्रो नेशनल हर्टिकल्चर एक्स्पो २०८१ हुने भएको छ । एक्सपोको सम्पुर्ण तयारी पुरा भएको आयोजक नर्सरी व्यवसायी संघ नेपालले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफुल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको वृहत प्रदर्शनी गरीने मेला संयोजक तथा संघका बरिष्ठ उपाध्यक्ष रविन कुमार गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । एक्स्पोमा देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि बन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा विक्री वितरणको लागि राखिने छ।

Photo : pradeep kumar shrestha/global photo bank.com