नेवार तथा तामाङ समुदायको ऐतिहासिकता बोकेको बालाजु बाइसधारा (ल्हुति पुन्ही ) चैत ३० गतेदेखि ५ दिने मेला तथा खटजात्रा हुँदैछ । यस जात्रा बारे आज गरिएको पत्रकार सम्मेलनमा जानकारी मेला जात्राको संयोजक प्रकाश बलामीले सम्पुर्ण तयारीको बारेमा पत्रकारहरुलाई जानकारी दिनु भयो । जात्रामा आउने सवै दर्शनार्थिहरुको सहजै दर्शन गर्न पाउने, आपतकालिन स्वास्थ्यको सविधा, खानेपानी तथा सौचालयको, सुरक्षाको प्रबन्ध लगायत अन्य आबश्यक परेमा ब्यबस्था हुने गरी ब्यबस्थापन गरेको कुरा संयोजक बलामीले बताउनु भयो । भने पत्रकार सम्मेलनमा वडाका अध्यक्ष नगरपालिकाका नगर सुरक्षा प्रमुख प्रतिनिधि लगायत अन्य ब्यक्तिहरुको उपस्थिति थियो ।
Photo : pradeep kumar shrestha/ global photo bank.com