प्रविधिमा प्रशिक्षित गर्दै पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक

काठमाडौं । नेपाल पर्यटन बोर्डले शनिबार ललितपुरको होटल हिमालयमा आयोजना गरेको ुडिजिटल युगमा नेपाली पर्यटनमा महिलाु विषयक अन्तर्क्रियामा
प्रविधिको तीव्र विकास सँगसँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औंल्याएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेसहित पर्यटन क्षेत्रमा क्रियाशील महिला उद्यमी, सरकारी निकायका अधिकारी, योजनाकारदेखि पर्वतारोहीसम्मको सहभागी रहेको अन्तर्क्रियामा बोल्ने वक्ताहरुले ‘डिजिटल युगमा महिला उद्यमशीलता नै पर्यटनको मेरुदण्ड बन्ने’ बताएका छन् ।
पर्यटनमन्त्री पाण्डेले कार्यक्रमलाई सम्बोधन गर्दै भने, “पर्यटन क्षेत्रमा महिला उद्यमशीलता अब हाम्रो प्राथमिकताको विषय हो। नीति तथा कार्यक्रममार्फत यसलाई स्थापित गर्न प्रतिबद्ध छौं। कार्यक्रममा सहभागी पाहुनालाई स्वागत गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाहरुको संख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिमाणमुखी बनाउनुपर्ने बताएका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेत,
बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले रामप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप(सचिव लीलाधर अधिकारी, नाटाको जनसम्पर्क समिति प्रमुख युविका भण्डारी, महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले
पूर्व एफएनसीसीआई अध्यक्ष बन्दना, साहसिक पर्यटन अगुवा महिला तथा बञ्‍जी नेपालकी संस्थापक मीना
बराल, मेडिकल पर्यटनमा काम गरिरहेकी डा। प्रीति बिष्ट, जल तथा मौसम विज्ञान विभागकी उपमहानिर्देशक अर्चना श्रेष्ठ, बोल्नु भएको थियो । भने कार्यक्रमको अन्त्यमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक लक्ष्मण गौतमले अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै भने, यहाँ प्रस्तुत सुझावहरूलाई हामीले
सकारात्मक रूपमा लिएका छौं।