२५० भन्दा बढी स्टल मार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने
काठमाण्डौ ८ वैशाष नेपाल सरकार रउद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, व्यापार तथा निकासी पवद्र्धन केन्द्र (टीइपीसी) तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा काठमाडौंमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२५ को तयारी पुरा भएको छ । महासंघले मंगलवार महासंघ सचिवालय टेकुमा पत्रकार सम्मेलन आयोजना गरी मेलाको तयारीबारे जानकारी गराएको हो । २०८२ वैशाख २५ देखि २९ गतेसम्म भृकृटीमण्डपमा आयोजना हुने मेलामा नेपाल सहित चीन, भारत, पाकिस्तान, र बङ्गलादेशका स्टलहरु सहभागि हुनेछन् भने र थाइल्याण्डको सहभागिता रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्यले मेलाले नेपाली उत्पादनहरुको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रलाई माथि उकास्न मेलाले सघाउ पुर्याउने बताउनु भयो । उल्लेख छ ।
Photo : pradeep kumar Shrestha/ global photo bank.com