चक्र बहादुर स्मृति महिला फुटबल प्रतियोगिता सम्पन्न

April 26, 2025 Global Photo Bank 31 photos


काठमाण्डा १२ गोकर्ण, गोकर्णेश्वर नगरपालिकामा आयोजित ७(ए साइड चक्र बहादुर स्मृति महिला फुटबल फाइनल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित नेपालय इङ्लिस पब्लिक स्कूलको खेल मैदानमा सम्पन्न उक्त प्रतियोगिता छहारी युवा क्लबको आयोजनामा तथा युवा तथा खेलकुद मन्त्रालय, बागमती प्रदेशको सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री माननीय विमल ठकुरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै गर्नुभएको थियो। ्उद्घाटन समारोहमा महिला समुह खेलाडीहरूद्वारा ए र वि टिम बनाई मैत्रीपूर्ण खेल खेलिएको थियो, जसले कार्यक्रममा थप उत्साह र रोमाञ्च थपेको थियो।
प्रतियोगिताको फाइनल खेलमा कृजाल टिमले संकटा टिमलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको थियो भने उत्कष्ट खेलाडिमा मनिषा थापामगरले प्राप्त गरिन

Photo : Ishwor Tamag / global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment