लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तन केन्द्रकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व छ: मन्त्री

April 26, 2025 Global Photo Bank 3 photos

काठमाडौं-संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेकाे उद्घाेष गर्नु भएकाे छ।
शनिबार लुम्बिनीमा आयाेजित चाैथाे एसियाली बाैद्व सांस्कृतिक महाेत्सवलाई सम्बाेधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताउनु भएकाे हाे। मन्त्री पाण्डेले भन्नुभयाे,लुम्बिनीलाई विश्वकै धबआध्यात्मिक अध्ययन,चिन्तन र मननकाे केन्द्रकाे रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेकाे छ।विश्वविख्यात याेजनाविद् केन्जाे टांगकाे गुरूयाेजनालाई आधारमा लिई रामग्राम,देवदह,तिलाैराकाेट,गाेटिहवा र निग्लिहवा जस्ता धार्मिक एेतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रकाे एकीकृत विकास गर्ने लक्ष्य लिएकाे छ। उहाँले बाैद्व धर्मावलम्बीकाे मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासकाे सन्तुलन आवश्यक रहेकाे आैल्याउनु भयाे।
उहाँले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान् काे साेचलाई आत्मसात् गर्दै लुम्बिनीकाे विकास र प्रवर्द्धनका लागप संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुन: सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत विश्वास दिलाउनु भयाे। एसिन बुद्विष्ट कलेचरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न समेत टेवा पुग्ने बताउनुभयो ।मन्त्री पाण्डेले लुम्बिनी विकास काेषकाे एेन संशाेधन गरिने समेत बताउनुभयाे।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमकाे प्रधानमन्त्री केपी शर्मा अाेलीकाे प्रमुख आथित्यता रहेकाे थियाे । कार्यक्रममा थाईल्याण्ड,कम्बाेडिया,चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बाैद्व धर्मावलम्बीको उपस्थिति रहेकाे छ।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment