काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने र आवासीय चिकित्सकले आन्दोलन फिर्ता गरी आफ्ना काम र अध्ययनमा फर्कनुपर्ने निर्णय गरेको छ । निर्णय भएकै मितिदेखि निजी मेडिकल कलेजले निर्वाहभत्ता दिने, सिट संख्या र शुल्क पुनरावलोकन प्रक्रिया सुरु, आवासीय चिकित्सकको आन्दोलन फिर्ताका आग्रह गर्नु भएको छ ।