‘लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची हुन्’ : मन्त्री पाण्डे

May 9, 2025 Global Photo Bank 17 photos

काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गर्नुभएको छ। मंगलबार तेस्रो राष्ट्रिय लेखक दिवसको अवसरमा आयोजित राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा स्पष्ट पार्नुभएको हो। उहाँले वि.पि. कोइरालाकाे भनाइ उद्धृत गर्दै, “राजनीतिमा प्रजातन्त्रवादी र लेखनमा अराजकवादी” भन्नुको आशय उल्लेख गर्दै, लेखकलाई लोकतन्त्रमा नियन्त्रण गर्न खोज्नु अनुचित हुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “लेखन लोकतन्त्रसँग मिल्दोजुल्दो अभ्यास हो। लेखनमा लगाम लगाउने हो भने लोकतन्त्र रहँदैन। लेखक र लोकतन्त्र एक अर्काका पर्यायवाची हुन्। मन्त्री पाण्डेले लोकतन्त्रप्रति समर्पित विद्वानहरू जस्तोसुकै कठिन परिस्थितिमा पनि एकजुट हुनसक्ने स्मरण गराउनुभयो। साथै, हालको समयमा निराशाको खेती बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले आशा र सकारात्मकताका सन्देश दिन लेखकहरूको भूमिकाको आवश्यकता औंल्याउनुभयो। उहाँले पछिल्लो समय लेखकहरूबाट गुणस्तरीय पुस्तक, गीत तथा संगीतहरू सिर्जना भइरहेको उल्लेख गर्नुभयो। साथै, राजनीतिमा पनि पारदर्शिता र स्वच्छता खोजिने वातावरण सिर्जना हुँदै गएको धारणा राख्नुभयो। कार्यक्रममा आख्यानकार ध्रुवचन्द्र गौतमलाई आख्यानकार पुरस्कार प्रदान गरिएको थियो भने वैरागी काइलासहित ३२ जना व्यक्तिहरूलाई मानार्थ सदस्य सम्मान प्रदान गरिएको थियो।

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment