वाम लोकतान्त्रिक आन्दोलनकै कारण देशमा ठूला आन्दोलनहरू सफल भएका छन् : मन्त्री पाण्डे

काठमाडौं, असार ४ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताउनु भएको छ। बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले देशको ऐतिहासिक आन्दोलनहरूमा वाम लोकतान्त्रिक शक्तिको योगदान निर्णायक रहेको बताउनुभयो।

उहाँले २०६२ र ०६३ को जनआन्दोलनदेखि संविधान सभामार्फत संविधान जारी हुनुमा वाम र लोकतान्त्रिक शक्तिहरूको सहकार्यले नै सफलता दिलाएको दाबी गर्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट विभिन्न विधामा योगदान गर्ने व्यक्तिहरूलाई पुरस्कार प्रदान गरिएको थियो। राजनीतिक सैद्धान्तिक विधामा अर्घाखाँचीकी शान्ता मानवी, इतिहास विधामा मोरङका डा. मेदनप्रसाद सेढाई, तथा जनकी–उदयपुरका राममणी पोखरेललाई पुरस्कार प्रदान गरिएको थियो।