प्रथम महानगरस्तीय ‘बडिबिल्डिङ च्याम्पियन’ का विजेतालाई प्रधानमन्त्रीबाट पुरस्कार प्रदान

June 22, 2025 Global Photo Bank 5 photos

काठमाडौँं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ का विजेतालाई आज पुरस्कार प्रदान गर्नुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको प्रतियोगितामा प्रथम हुने खेडाली कृष महर्जनलाई प्रधानमन्त्री ओलीबाट रु पाँच लाख र ट्रफीसहितको पुरस्कार प्रदान गरिएको हो । नेपाल शाररीक सुगठन तथा फिटनेसको सहकार्यमा भएको कार्यक्रममा पछिल्ला अन्तर्राष्ट्रिय शाररीक सुगठन खेल प्रतियोगिताका विजेता, खेल क्षेत्रको विकासका योगदान दाताहरुलाई सम्मान गरिएको थियो । प्रधानमन्त्री ओलीले स्वस्थ्य रहनु जीवनको ठुलो सम्पति रहेकाले शाररीक सुगठनले स्वस्थ्य जीवनका लागि योगदान दिने बताउँदै सरकारको स्वास्थ्य नीतिको मूल नीति निरोगी नेपाल भएकाले आरोग्यताका लागि सबैले ध्यान दिर्नुपर्नेमा जोड दिनुभयो ।

photo : dinesh bhandari/ pm office

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment