चिनियाँ पारम्परिक चिकित्सा प्रणाली प्रवर्द्धन गर्न लक्षित एक विशेष कार्यक्रम

June 30, 2025 Global Photo Bank 27 photos

असार ११, काठमाडौं । चिनियाँ पारम्परिक चिकित्सा प्रणाली प्रवर्द्धन गर्न लक्षित एक विशेष कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। मंगलवार भएको सो कार्यक्रम चीन सरकारको सहयोगमा पूर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको हो। उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले भने, “नेपालमा वैकल्पिक तथा परम्परागत चिकित्सा प्रणालीको प्रचारप्रसारले दुर्गम क्षेत्रका नागरिकलाई सुलभ र किफायती उपचारको बाटो खोल्नेछ। चीनको ऐतिहासिक ज्ञान र अनुभवबाट नेपालले धेरै सिक्न सक्छ।” कार्यक्रममा चिनियाँ विशेषज्ञ टोलीले एक्युपञ्चर, हर्बल मेडिसिन, तुना मसाज, र ची गोंग जस्ता विधिहरूको प्रदर्शन समेत गरेचीनबाट आएका वरिष्ठ चिकित्सक तथा अनुसन्धानकर्ताहरूले चिनियाँ चिकित्सा प्रणालीका विभिन्न पक्षहरूबारे प्राविधिक प्रस्तुति दिएका थिए। उनीहरूले नेपालका स्थ्यकर्मीहरूलाई प्रशिक्षण दिनेसमेत जानकारी गराए।

कार्यक्रममा बोल्दै नेपाली स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले नेपालमा वैकल्पिक चिकित्सा पद्धतिको विस्तारमा चिनियाँ सहयोग महत्वपूर्ण भएको उल्लेख गरे। उनले विशेषगरी ग्रामीण क्षेत्रमा अझ सुलभ उपचारका लागि यस्ता चिकित्सा विधिको प्रयोग उपयोगी हुने बताए। कार्यक्रमले नेपाल–चीन मैत्री सम्बन्धलाई थप सुदृढ गर्नुका साथै स्वास्थ्य सेवा क्षेत्रको सहकार्य विस्तार गर्न योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।सो कार्यक्रम स्वास्थ्यकर्मी, वैकल्पिक चिकित्सक, अनुसन्धाता, सञ्चारकर्मी र विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

photo : pradeep kumar shrestha/global photo bank.com

Photos

Click any image to open it full size, or hover to download.

Leave a Comment